दाङ १८ जेठ
महिला टी–२० खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा विजयी भएको नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुँदैछ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैछ । नेपाल र मलेसियाबीच हालसम्म ५ महिला टी– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।
