लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने 

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने 


  • 3.7K
    SHARES
    • जेठ १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने 

    दाङ १८ जेठ/ 
    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम २५ जेठ बिहीबार ल्याउन लागिएको हो । दिउँसो १ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ।

    images

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम पेस गर्नेछन् । साथै प्रदेशमा बजेटको तयारी पनि तीव्र रूपमा अघि बढे को छ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार बजेट निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ। केही दिनअघि बजेटका प्राथमिकतामाथि छलफल भएको थियो ।


    तेस्रो आँखा