रोटरी क्लबद्वारा डेस्क बेन्च र खेलकुदका सामग्री हस्तान्तरण

रोटरी क्लबद्वारा डेस्क बेन्च र खेलकुदका सामग्री हस्तान्तरण


  • 4.6K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    रोटरी क्लबद्वारा डेस्क बेन्च र खेलकुदका सामग्री हस्तान्तरण

    तुफानबाबु श्रेष्ठ, दाङ १९ जेठ/ 
    रोटरी क्लब अफ तुलसीपुर सिटीले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा न। ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा १० सेट डेस्क बेन्च र खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको छ ।  क्लबका भावी अध्यक्ष पवन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउँपालिका वडा न। ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतले राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई रोटरी क्लब अफ तुलसीपुर सिटिले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा खुशी व्यक्त गरे ।

    images

    रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक विजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले विद्यालयको आवश्यकतालाई सधैं वोध गरेको बताउदै विगतमा पनि उक्त विद्यालयमा कम्प्युटर, खानेपानी ट्याङकी निर्माण गर्नुका साथै शैक्षिक सामाग्री पनि वितरण गरिएको जानकारी दिए । साथै उनले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा डेस्क बेन्च र खेलकुदका सामग्री हस्तान्तरण गर्न सम्भब भएकोले सहयोगी दाताहरु भोजराज भट्ट, विदुर खतिवडा, देवराज न्यौपाने, गेहेन्द्र केसी, गोपाल रेग्मी, कुलराज न्यौपाने, लीला बहादुर केसी, लीला डाँगी, शिव न्यौपाने, सुधिर रजौरे, टोप बहादुर डाँगी र यज्ञ भण्डारीलाई धन्यवाद दिए ।

    कार्यक्रममा श्री आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष द्रोण बहादुर केसी, विद्यालयका प्रधान अध्यापक बिनोद डाँगी, आरसीसी भिलेज काशिपुरका अध्यक्ष फत्ते बहादुर खड्का, शान्तिनगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष देव बहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गरेका थिए । क्लबले यसअघि शान्तिनगर गाउपालिकाकै वडा न। ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा पनि १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।


    तेस्रो आँखा