भारतमा १२६ जनामा ओमिक्रोन संक्रमण

भारतमा १२६ जनामा ओमिक्रोन संक्रमण


  • 5.8K
    SHARES
    • पौष ४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    भारतमा १२६ जनामा ओमिक्रोन संक्रमण

    कर्नाटक, ४ पुस । भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो ।

    images

    यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ ।

    त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ । कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलनमा छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # भारत
  • # ओमिक्रोन संक्रमण

  • तेस्रो आँखा