• ट्रेण्डिङ्ग :
मधुमेहबाट बच्ने उपाय र लक्षण

मधुमेहबाट बच्ने उपाय र लक्षण


  • 2.7K
    SHARES
    • जेठ २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    मधुमेहबाट बच्ने उपाय र लक्षण

    दाङ २० जेठ /
    मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ। मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन ।

    images

    फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ ।  यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ। यही अवस्थालाई डायविटिज वा मधुमेह भनिन्छ । यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन् । पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन् ।

    मधुमेहबाट बच्ने उपाय
    १ शरिरको तोैल सन्तुलित राख्ने
    २ चिनीजन्य परिकार कम खाने
    ३ चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
    ४ धेरै गुलिया फलफूल कम खाने
    ५ पेय पदार्थ नखाने
    ६ फ्राइ तथा पोलेका परिकार कम खाने
    ७ धुम्रपान–मद्यपान नगर्ने
    ८ नियमित व्यायाम गर्ने

    मधुमेहका लक्षण
    १    प्यास बढी लाग्ने
    २    पिसाब बढी हुने
    ३    भोक बढी लाग्ने
    ४    दुब्लाउने
    ५    आँखाको दृष्टिमा खराबी
    ६    घाउ निको नहुने
    ७    हातखुट्टा झमझम गर्ने
    ८    पिसाब फरेको ठाउँमा कमिला लाग्ने


    तेस्रो आँखा