काठमाडौं, ४ पुस । राष्ट्रिय महिला तथा पुरुष भलिबल टिम सोमबार बंगलादेश जाने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बंगलादेश जाने टोलीको बिदाई गरेका छन् ।
खेलकुद मन्त्री गहतराजले बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई राष्ट्रिय झण्डा सहित बिदाई गरेका हुन् । राष्ट्रिय महिला टिमको कमानी अरुणा शाहीले गर्ने छिन् । बंगालदेशमा हुने प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुदैछ ।
