• ट्रेण्डिङ्ग :
गर्मीयाममा बिहान नुहाउनु ठीक कि बेलुका ?

गर्मीयाममा बिहान नुहाउनु ठीक कि बेलुका ?


  • 4.2K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    गर्मीयाममा बिहान नुहाउनु ठीक कि बेलुका ?

    काठमाडौं । हामी आफ्नो शरीरलाई बाहिरबाट स्वच्छ र सफा राख्नको लागि नुहाउनु आवश्यक हुन्छ । कुन बेला नुहाउनु उचित हुन्छ ? विहान या बेलुका ? तर विहान नुहाउने या बेलुका, व्यक्तिको व्यक्तिगत रुचीमा भर पर्ने कुरा हो । प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । जुन स्वस्थ जीवनका लागि फाइदाजनक पनि हो । तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ कि बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । हार्भर्ड युनिभर्सिटीका मनोवैज्ञानिकका अनुसार विहान नुहाउनुको आफ्नै फाइदा र बेफाइदा हुन्छ भने बेलुका नुहाउँदा पनि व्यक्तिले दुवै फाइदा र बेफाइदा भोग्नुपर्ने हुन्छ। ती निम्न छन् ।

    images

    विहान नुहाउँदा हुने फाइदाः

    यदि तपाई कुनै रचनात्मक काम गर्न जाँदै हुनुहुन्छ अथवा जागिरको लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने विहानमा नुहाउनु सबैभन्दा उत्तम हुन्छ, नुहाउँदा हाम्रो दिमाग शिथिल स्थितिमा पुग्छ, तर सचेत अवस्थाबाट टाढिँदैन ।

    चिकित्सकका अनुसार, नुहाउने बेला हाम्रो दिमागको सोँच र चिन्ता अचेतन मनमा गएर बस्दछ, जहाँ दिमागले स्वतः त्यस सोँचलाई केलाउन थाल्छ, यस्तो अवस्थालाई मनोवैज्ञानिक भाषामा ‘बेटा ब्रेन स्टेट’ भनिन्छ । त्यति नै बेला हाम्रो दिमागको ‘अल्फा स्टेट’ मा शरीरलाई तनाव र थकानबाट आराम दिने काम गर्छ र क्षय भएका शरीरका कोषहरूलाई निको पार्ने काम गर्छ । जसले गर्दा दिनभरीको बोझलाई दिमागले सजिलैसित ह्याण्डल गर्न सक्दछ । यहि कारण हो, विहान नुहाएपछि दिनभरी फ्रेस महशुस गरिने ।

    बेलुकी नुहाउँदा मीठो निन्द्राः

    यदि तपाईलाई चाँडै निन्द्रा लाग्दैन र अबेरसम्म पनि आँखा चिम्लिन मान्दैन भने साँझको बेला नुहाउनु सही हुन्छ। यो सबै शरीरको तापक्रमले गर्दा भएको हो। मनतातो पानीले नुहाउँदा शरीरको तापक्रम अलिकति बढ्छ र नुहाएर शरीर सुकिसकेपछि तापक्रम घट्दै जान्छ। यसरी शरीरको तापक्रम एक्कासी घटेपछि शरीरमा ‘कोर्टिसोल हरमोन’ (शरीरलाई जगाइराख्ने हरमोन) को मात्रा घट्दै जान्छ र सजिलै निन्द्रा लगाउन मद्दत गर्दछ।

    दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ । यस्तो बानीले छाला कोमल बन्न पनि सघाउँछ ।

    तर, अधिक गर्मीको बेला विचार पुर्याउनुपर्ने हुन्छ । गर्मीको बेला दिनभरी हाम्रो शरीर सामान्यभन्दा अधिक तातेको हुन्छ। यो तापक्रम सजिलै घट्नेवाला पनि हुँदैन । यसरी तातेको शरीरमा साँझको बेला चिसो पानीले भिजायो भने अब त्यहाँ शरीरको तापक्रममा असन्तुलन हुन आउँछ । मतलब शरीरको आफ्नो वास्तविक तापक्रमभन्दा पनि कम हुन जान्छ । जसले गर्दा आलश्य बनाउने, टाउको दुखाउने, दिउँसोको बेला सामान्यभन्दा बढि नै गर्मी भएको महशुस हुने, शरीरमा पानीको मात्रा घटेर जाने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।

    यसरी गर्मीको बेला साँझ नुहाउँदा शरीरको रक्तचापमा पनि असन्तुलन आउने गर्छ । त्यसैले यदि गर्मी मौसममा पनि राति नुहाउने बानी छ भने सुरुमा २ गिलास चिसो पानी पिएर अथवा रसिलो फलफूल खाएर शरीरको तापक्रमलाई सन्तुलनमा ल्याएर मात्रै नुहाउनु पर्दछ ।

    — एजेन्सी

  • सम्बन्धित विषय:

  • # वातावरणीय परिस्थिति

  • तेस्रो आँखा