- तेस्रो आँखा डेस्क
काठमाडौं, ४ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । बंगलादेशको ढाकामा आईतबार भएको खेलमा नेपाल भारतसँग १–० को पराजित भएको हो ।
भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औ मिनेटमा गरे । पराजित भएसँगै नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना न्युन देखिएको छ ।
फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग बराबरीको आवश्कता थियो । अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ ।
बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ ।
यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ ।
यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ । आयोजक बंगलादेशको सात अंक छ र उसले एउटा खेल खेल्न बाँकी छ ।
