• ट्रेण्डिङ्ग :
राप्तीको ७ नम्बर वडाबाट करिव ९ सय बालबालिकालाई दादुरा रूवेला खोप लगाउने लक्ष्य

राप्तीको ७ नम्बर वडाबाट करिव ९ सय बालबालिकालाई दादुरा रूवेला खोप लगाउने लक्ष्य


  • 3.3K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    राप्तीको ७ नम्बर वडाबाट करिव ९ सय बालबालिकालाई दादुरा रूवेला खोप लगाउने लक्ष्य

    सिसहनियाँ, २४ जेष्ठ । राप्तीको ७ नम्बर वडाका ३ वटा खोप केन्द्रबाट ८ सय ९८ जना बालबालिकालाई दादुरा रूवेला खोप लगाउने लक्ष्य राखिएको छ । 

    images

    बुधबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँमा आयोजना गरेको वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरूको अभिमुखीकरण तथा समन्वय बैठकमा सो विषयमा जानकारी गराइएको हो । 

    पालिकाले सञ्चालन गर्न लागेको खोप तालिका अन्तरगत शुभदर्पण एकेडेमीमा जेठ २५ गते ४ सय ६४ जना, सरस्वती आधारभूत विद्यालयमा जेठ २६ गते १ सय ८४ जना र आधारभूत स्वास्थ्य सेवा केन्द्र बड्का सिसहनियाँमा जेठ २८ गते २ सय ५० जना बालबालिकालाई दादुरा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

    ७ नम्बर वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले वडा र पालिकास्तरमा खोपको अवस्था, लक्षित वर्ग, खोपको महत्त्व, आवश्यकता, खोप कार्यक्रम सञ्चालन, खोप सञ्चालन गर्दा आईपरेका चुनौती, दादुरा रूवेला भनेको के हो, लक्षण, सर्ने तरिका, बच्ने उपाय लगायतका विषयमा जानकारी गराएका थिए । 


    तेस्रो आँखा