• ट्रेण्डिङ्ग :
भारतमा भन्दा नेपालमा चुरोट ७० प्रतिशतसम्म सस्तो

भारतमा भन्दा नेपालमा चुरोट ७० प्रतिशतसम्म सस्तो


  • 4.1K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    भारतमा भन्दा नेपालमा चुरोट ७० प्रतिशतसम्म सस्तो

    काठमाण्डौं, २४ जेठ । नेपालीभन्दा बाहिरबाट आउने चुरोट सस्तो भएर घरेलु उद्योगलाई संकट पर्नसक्ने भएकाले कर कम बढाएको सरकारले दाबी गरेको छ । सरकारले करको दरमा गरेको हेरफेरको बचाउ गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव धनीराम शर्माले स्वदेशी उद्योगको संरक्षणका लागि मदिरा र चुरोटको अहिलेको कर निर्धारण गरिएको बताए । ‘हरेक वर्ष नेपालले यस्ता वस्तुमा अन्तःशुल्क धेरै बढाउँदा छिमेकी मुलुकबाट चुरोट र मदिरा जस्ता वस्तु तस्करी भएर नेपाल भित्रिने गरेको विवरणहरु मन्त्रालयमा आएका छन्,’ शर्माले भने, ‘नेपालमा यस्ता वस्तु उत्पादन गर्ने उद्योग र व्यवसाय हुँदाहुँदै छिमेकी देशबाट आउने अवैध वस्तुले बजार कब्जा नगरोस् भन्ने हाम्रो नीति हो ।’ दुवै देशलाई बजार मानेर खुलेका नेपाली उद्योगहरुको उत्पादन बजारमा प्रतिस्पर्धात्मक होस् भन्ने मात्रै सरकारले चाहेको उनले दाबी गरे ।

    images

    तर, यथार्थमा भने कम करका कारण नेपाली चुरोट उत्पादन ७० प्रतिशतसम्म सस्तो भएको एक अध्ययनले देखाएको छ । क्षयरोग तथा छातीसम्बन्धी रोगविरुद्धको अन्तर्राष्ट्रिय युनियनले गरेको एक अध्ययनअनुसार भारतको यूएस नगर, चम्पावत, पिथौरागढ, रक्सौल, पानीट्यांकी, बनबासा, धार्चुलालगायतको करिब ९० प्रतिशत बजार नेपाली चुरोटले लिएका छन् । ‘ती बजारमा सूर्य नेपालको खुकुरी चुरोट ३ भारुमा पाइन्छ, जबकि, उही गुणस्तरको भारतीय चुरोटको मूल्य १० भारुसम्म पर्छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    नेपाली चुरोटहरु भारतकको अनलाइन बजारमा पनि छ्याप्छ्याप्ती पाइने पनि अध्ययनले उल्लेख गरेको छ ।


    तेस्रो आँखा