काठमाण्डौं , २५ जेठ । भारतमा प्रदूषण लगातार बढ्दै गएको छ । भारातमा यो समस्या यसरी विकराल बन्दै गएको छ कि, विश्वका २० वटा सबैभन्दा धेरै प्रदूषित शहरहरु मध्ये १५ वटा शहर भारतकै छन । जबकि खराब वायुयुक्त गुणस्तरिय देशहरुको सूचीमा पछिल्लो वर्ष अर्थात सन २०२२ मा भन्दा यसवर्ष भारतले तीन कदम सुधार भने गरेको छ । रिपोर्टका अनुसार चाड, इराक, पाकिस्तान, बहराइन र बांग्लादेश विश्वका सवै भन्दा बढि प्रदूषित देशहरु हुन । यो लिस्टमा भारत आठौं स्थानमा छ । प्रदुषित शहरहरुको विकराल सुचीमा नेपलका कुनैपनि शहरहरूको नाम छैन ।
रिपोर्टमा विश्वमा सबैभन्दा धेरै प्रदूषित शहरमा पाकिस्तानको लाहोर परेको छ । यसपछि दोस्रो स्थानमा चीनको होतान शहर छ । जबकि तेस्रो स्थानमा भारतको भिवंडी रहेको छ भने चौथो स्थानमा भारतको राजधानी दिल्ली छ ।
रिपोर्टका अनुसार विश्वमा सबैभन्दा धेरै प्रदूषित शहरहरुमा १५ वटा शहर भारतका मात्रै छन् ।
स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको रिपोर्टमा भारतका विभिन्न शहरहरुको वायु प्रदूषणको गंभीरता बारे जानकारी दिईएको छ । राजस्थानको भिवंडी भारतकै सबैभन्दा प्रदूषित शहर हो र ओवरआल यो बिश्वकै तेस्रो सवैभन्दा प्रदुसित शहरमा परेको छ ।
विश्वका सवैभन्दा बढी प्रदूषित शहरहरु
1. लाहौर (पाकिस्तान)
2. होतन (चीन)
3. भिवंडी (भारत)
4. दिल्ली (भारत)
5. पेशावर (पाकिस्तान)
6. दरभंगा (भारत)
7. असोपुर (भारत)
8. एनजामेना (चाड)
9. नई दिल्ली (भारत)
10. पटना (भारत)
11. गाजियाबाद (भारत)
12. धौरहरा (भारत)
13. बगदाद (इराक)
14. छपरा (भारत)
15. मुजफ्फरनगर (भारत)
16. फैसलाबाद (भारत)
17. ग्रेटर नोएडा (भारत)
18. बहादुरगढ़ (भारत)
19. फरीदाबाद (भारत)
20. मुजफ्फरपुर (भारत)
