'सबै भन्दा राम्रो दिन ल्याउनेछु ... ...', उम्मेदवारीको लागि ट्रम्पलाई टक्कर दिँदै अमेरिकी पूर्वराष्ट्रपति माईक पेंस, सुरु गरे प्रचार-प्रसार

'सबै भन्दा राम्रो दिन ल्याउनेछु ... ...', उम्मेदवारीको लागि ट्रम्पलाई टक्कर दिँदै अमेरिकी पूर्वराष्ट्रपति माईक पेंस, सुरु गरे प्रचार-प्रसार


  • 3.7K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    'सबै भन्दा राम्रो दिन ल्याउनेछु ... ...',  उम्मेदवारीको लागि ट्रम्पलाई टक्कर दिँदै अमेरिकी पूर्वराष्ट्रपति माईक पेंस,  सुरु गरे प्रचार-प्रसार

    वाशिंगटन, २५ जेठ । अमेरिकाका पूर्वराष्ट्रपति माइक पेंसले राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारी दिने उद्देश्यले बुधबारदेखि आफ्नो प्रचार-प्रसार अभियान सुरु गरेका छन् ।

    images

    माइक पेंसले प्रचार-प्रसार अभियान मार्फत एउटा भिडियो सार्वजनिक गर्दै 'धर्तीको सबैभन्दा महान् राष्ट्रका लागि सर्वश्रेष्ठ दिन ल्याउने ...' प्रतिवद्धता व्यक्त गरेका छन् । 

    तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका दौरान चार वर्षसम्म उपराष्ट्रपति पदमा सेवा दिएका माइक पेंसले भिडियोमा भनेका छन् - 'छुट्टा छुट्टै समयले - पृथक पृथक नेतृत्वको माग गर्दछ ।'

    डेस मोइनेसको प्रचार अभियान शुरु हुनु अगावै यहाँको 'फाक्स न्यूज' र ट्विटर का माध्यमबाट उक्त भिडियो सार्वजनिक गरिएको थियो । 

    भिडियोमा उनले भनेका छन् , 'आज हाम्रो पार्टी र देशकालागि एउटा यस्तो नेताको आवश्यकता छ, जसले देशलाई सहयोगी र परोपरकारिता तर्फ उन्मुख गराओस, जस्तो कि (पूर्व राष्ट्रपति अब्राहम) लिंकनले चाहेका थिए । उनले भने, 'जबकी छेउमा बसेर हेर्न सजिलै हुन्छ , तर मेराे अतीत त्यस्तो छैन । 'यही कारणले गर्दा म आज ईश्वर र आफ्नो परिवारका सदस्यहरूलाई साक्षी मानेर अमेरिकि राष्ट्रपति चुनावका लागि उम्मेदवारीको दौडमा सामिल हुने घोषणा गर्दछु ।' तर यता यस अघि नै पूर्व राष्ट्रपति डोनाल ट्रम्पले घोषणा गरिसकेका छन् कि रिपब्लिकन पार्टीका तर्फबाट उनी राष्ट्रपति पदको उम्मेदवार बन्ने दौडमा सामेल हुने छन् । 

     

    पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आमने-सामने

     

    अमेरिकामा आफ्नै कार्यकालमा उपराष्ट्रपति रहेका ब्यक्तिसँग रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार हासिल गर्ने कोशिसमा पहिलो पटक चुनौतिको सामना गर्नुपर्ने छ । उनकाे अलावा, फ्लोरिडाका गवर्नर रोन डेसेंटीस, पूर्व अमेरिकी राजदूत निक्की हेली, दक्षिण कैरोलीनाका सीनेटर टिम स्काट, न्यूजर्सीका पूर्व गवर्नर क्रिस क्रिस्टी र आरकंससका पूर्व गवर्नर एसा हचिंसन पनि रिपब्लिकन पार्टीबाट उम्मेदवारी हासिल गर्ने दौडमा शामिल छन।

     

    पेंसका लागि आयोवा राज्य बेहद खास

     

    पेन्स र उनका सल्लाहकारहरु आयोवाबाट नामाङ्कन भर्दा राम्रो परिणाम निस्कन सक्ने अड्कल गर्दै आयोवा महत्वपूर्ण स्थान भएको विश्वास गर्दछन् । रिपब्लिकन पार्टी भित्र नामांकन सम्बन्धित मतदान सबैभन्दा पहिला यसै राज्यबाट हुने गर्दछ । यहाँ ठूलो संख्यामा इसाई मतदाताहरु छन् । र उनका समर्थकहरूले यो राज्यलाई पूर्व उपराष्ट्रपतिको निर्वाचन क्षेत्र हुन सक्ने अनुमान पनि गरिरहेका छन् ।  यहाँका मतदातालाई यस्तो लागिरहेको छ कि अमेरिकी संसदमा इंडियानाको तर्फबाट प्रतिनिधित्व गर्ने पेन्सको व्यक्तित्व यो राज्यका निम्ति उपयुक्त पनि छ ।


    तेस्रो आँखा