• ट्रेण्डिङ्ग :
दाङको बंगलाचुलीमा दादुराको संक्रमण फैलियो  

दाङको बंगलाचुलीमा दादुराको संक्रमण फैलियो  


  • 3.8K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    दाङको बंगलाचुलीमा दादुराको संक्रमण फैलियो   

    दाङ २५ जेठ /
    दाङको बंगलाचुली गाउँपालिकामा दादुरा रोगको संक्रमण फैलिएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित हंसपुर, रानिवास र नयाँवस्ती टोलमा दादुराको रोगको संक्रमण देखा परेको हो । अहिले नयाँवस्ति ढावमा एकै घरका ५ जना परिवार दादुराको बिरामी भएका छन् । 

    images

    संक्रमित हुनेहरूमा बंगलाचुली गाउँपालिका वडा नम्बर ८ निवासी २८ वर्षिया छविलाल बुढा, वर्ष २६ वीर बहादुर बुढा, वर्ष २६ लेखनाथ बुढा,२४ वर्षकी मनिषा बुढा,वर्ष १८ चेतमान बुढा,वर्ष २२ का भगि बुढा ,उनकी  बहिनी वर्ष १५ की धामिका बुढा, वर्ष ४८ डण्डुराम बुढा दादुरा रोगको संक्रमित भएको बँगलाचुली गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरले जानकारी दिए ।

    उनका अनुसार बंगलाचुली गाउँपालिका वडा नं। ८ रानीवास निवासी वर्ष ३४ का हिमलाल बाँठा, ,हंसपुर निवासी वर्ष ४८ की मामी गाहालाई दादुराको संक्रमण भएको छ । वडा नम्बर ८ को अन्य स्थानमा पनि दादुरा सङ्क्रमणको उच्च जोखिममा रहेको छ । संक्रमित बिरामीहरू मध्य कतिपय उपचारका लागि जिल्ला सदरमुकाम घोराहीमा गएको र कतिपयलाई घरमै निको भएको पाइएको छ । 

     


    तेस्रो आँखा