• ट्रेण्डिङ्ग :
विश्वविद्यालय माग्दै २८ गते सुदूरपश्चिम बन्दको घोषणा

विश्वविद्यालय माग्दै २८ गते सुदूरपश्चिम बन्दको घोषणा


  • 3.4K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    विश्वविद्यालय माग्दै २८ गते सुदूरपश्चिम बन्दको घोषणा

    धनगढी, २६ जेठ । कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको छ ।

    images

    कैलालीको गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।

    संघर्ष समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि यहाँको जनताको मागप्रति सरकार उदासीन बनेको भन्दै बाध्य भएर आमहड्तालको कार्यक्रम गर्नुपरेको बताएको छ ।

    समितिका संयोजक लोकराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नगरिए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने उल्लेख छ ।

    सरकारले यही २०८० साल जेठ १५ गते आव २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति घोर विरोध रहेको उल्लेख गरेको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रममा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो । तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको कुरा आमजनसमुदायलाई जानकारी गराउन चाहन्छौ । तर मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले गर्दा यो कामलाई विफल पार्ने प्रयास भएको छ ।’

    बिहीबार मात्रै संघर्ष समितिले मेडिकल कलेजको लागि बनेको संरचनाको मूलगेटमा विश्वविद्यालयको साइन बोर्ड समेत टाँगेको छ ।


    तेस्रो आँखा