• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला

काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला


  • 2.8K
    SHARES
    • जेठ ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला

    काठमाडौं ३१ जेठ / 
    काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ । अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

    images

    महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

    तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए । लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको मेयर शाहको भनाइ ५ ।

    उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।


    तेस्रो आँखा