धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ 

धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ 


  • 6.6K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ 

    काठमाडौं, ५ पुस । बैंकमा तरलता अभावका कारण सेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । 

    images

    नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्स) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन । 

    सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो । 

    नेप्से सिईओ साउदले ८ भदौमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए ।

    अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा  खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो । तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन । 

    यसैगरी नेप्सेको सिईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्कासन स्वीकृति समेत रोकिएको छ । 
     

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # धिताेपत्र बाेर्ड

  • तेस्रो आँखा