पक्राउ परेका राजु मास्टर र बल्छी ध्रुवेसहित ८ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका राजु मास्टर र बल्छी ध्रुवेसहित ८ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति


  • 3.6K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    पक्राउ परेका राजु मास्टर र बल्छी ध्रुवेसहित ८ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, ३२ जेठ । अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनमुति दिएको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरेर ५ कलाकार र ३ जना युट्युबरलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति माग्दा अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी),अलिस राई, र सरोज घिमिरेलाई पक्राउ गरेको हो । यस्तै, युट्युबर जलन घर्ती मगर र गणेश देवकोटालाई पनि बिहीबारै प्रहरीले पक्राउ गरेको थियो ।

    फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइनमा बन्देज गरिएको वान एक्स बेटिङको विज्ञापन गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले वान एक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।


    तेस्रो आँखा