थारूको इतिहासबारे थारू अगुवासँग छलफल

थारूको इतिहासबारे थारू अगुवासँग छलफल


  • 4.3K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    थारूको इतिहासबारे थारू अगुवासँग छलफल

    काठमाडौं, १ असार । तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ।

    images

    थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुवाहरुको साथमा छलफल बहस थालेको हो ।

    कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्रीनारायण गौतमले बताए ।

    उनका अनुसार प्रतिवेदनमा थारूको नामसम्बन्धी पहिचान, मूल सम्बन्धी पहिचान, सामाजिक पहिचान, मधेसीभन्दा फरक पहिचान, समुदाय र थारूकरण, धार्मिक तथा मूलसम्बन्धी पहिचान, लोकतान्त्रिक अभ्यास, सामाजिक लोकतन्त्र र नेतृत्व, पारिवारिक लोकतान्त्रिक र नेतृत्व र विविधतामा एकताको बारेमा उल्लेख गरिएको छ ।

    उक्त प्रतिवेदन त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्री नारायण गौतम, डा. अपार कुमार लम्साल र डा. रमेश कुमार श्रेष्ठले तयार पारेका हुन् ।


    तेस्रो आँखा