राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल


  • 5.4K
    SHARES
    • आषाढ २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

    काठमाडौँ, २ असार । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् । आयोगका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    images

    यस अघि आयोगका सदस्यहरू मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रूपमा आयोगले जिम्मेवारी दिएको हो । दाहाल अर्थ मन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघि मात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थ सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।


    तेस्रो आँखा