• ट्रेण्डिङ्ग :
दृश्य परिमार्जनपछि ‘परस्त्री’लाई प्रदर्शन अनुमति

दृश्य परिमार्जनपछि ‘परस्त्री’लाई प्रदर्शन अनुमति


  • 3.8K
    SHARES
    • आषाढ ९, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    दृश्य परिमार्जनपछि ‘परस्त्री’लाई प्रदर्शन अनुमति

    काठमाडौं, ९ असार । अन्ततः नेपाली फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ । ६ वटा दृश्यमा परिमार्जन गरेपछि फिल्म सेन्सर पास भएको पटकथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्ममा प्रयुक्त हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै बोर्डले केही दिनअघि सच्याएर ल्याउन भनेको थियो ।

    images

    ‘दुवै पक्षको समझदारीमा ती ६ दृश्य परिमार्जन गरिएपछि बोर्डले प्रदर्शन अनुमति दिएको छ,’ खनालले अनलाइनखबरसँग भने । उनका अनुसार फिल्मको लम्बाइ दुई घण्टा तय भएको छ । डीएस डिजिटलले निर्माण गरेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

    सेन्सर पास भएसँगै फिल्मले प्यारेन्टल गाइड ९पीजी० प्रमाणपत्र प्राप्त गरेको छ । फिल्मको पोस्टरदेखि ट्रेलरसम्मै अन्तरंग दृश्य समावेश थिए । शीर्ष भूमिकामा रहेकी अभिनेत्री शिल्पा मास्केले सेन्सर बोर्ड नेपाली फिल्मप्रति पूर्वाग्रही भएको आरोप पनि लगाएकी थिइन् ।

    यो फिल्म असार १५ गते रिलिजको तयारीमा छ ।


    तेस्रो आँखा