गैंडाकोटमा दुई महिने ब्युटिसियन तालिम सम्पन्न

गैंडाकोटमा दुई महिने ब्युटिसियन तालिम सम्पन्न


  • 5.8K
    SHARES
    • आषाढ १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    गैंडाकोटमा दुई महिने ब्युटिसियन तालिम सम्पन्न

    गैंडाकोट, १० असार । घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौ र इनरुवा ईन्टरनेट पोलिटेक्निकल प्रा.लीले गैंडाकोट नगरपालिका वडा नं. ४ को सहकार्यमा दुई महिने ब्युटिसियन तालिमको शनिवार समापन गरेको छ ।

    images

    महिलाहरूको क्षमता अभिवृद्धि  गर्न, आत्मनिर्भर, आयआर्जन र स्वरोजगारका लागि महिला लक्षित तालिमले आफ्ना वडामा रहेका महिलाहरुलाई फाइदा भएको बताउदै कार्यक्रमका सभापति एवं वडाध्यक्ष तेज प्रसाद घिमिरेले सीप र आत्मनिर्भरताले जीवनलाई सहज बनाउनेमा आफु बिश्वास रहेको प्रष्ट पारे । उनले सिपको सहि सदुपयोग गर्न समेत तालिममा सहभागी भएकाहरुलाई आग्रह गरे । 

    IMG-20230625-WA0004-01.jpeg

    दुई महिनासम्म चलेको तालिममा थ्रेडिङ, क्लिजिङ, रोलर सेटिङ, मेनिक्योर, पेडिक्योर, स्याम्पु वास, मेक अप, जुरो, हर्बल ड्राइ, हातमा मेहेन्दी, हेयर कटिङमा प्रशिक्षण लगायत सीपको तालिम दिइएको थियो। कुल २० जना महिलाले लिएको तालिमको प्रशिक्षणको जिम्मेवारी सुष्मा क्षेत्री र लक्ष्मी न्यौपानेको रहेको थियो । 

    कार्यक्रममा इन्जिनियर लक्ष्मी श्रेष्ठ प्रमुख अतिथी र महिला वडा संजालकी अध्यक्ष अनिता काफ्ले विशेष अतिथी रहेकी थिइन् ।


    तेस्रो आँखा