काठमाडौं,६गते पुस नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश समितिकाे अध्यक्षमा सरल सहयात्रि विजय भएका छन् । साेमवार साझ सम्पन्न निर्वाचनमा अर्का नेता दिनानाथ गाैतमलाई हराउदै विजय भएको निर्वाचन समितिले वताएकाे छ ।निर्वाचन समितिका अनुसार कुल खसेकाे २ सय ६१ मतमा सहयात्रीले१ सय६२मत ल्याएका थिए भने अर्का अध्यक्षका उम्मेदवार गाैतमले ८६ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा रुपा महर्जन , राम प्रसाद ढुङगाना र प्रेेम बहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा ईन्द्र बहादुर थिङ विजय भएको निर्वाच समितिले जनाएको छ ।
