प्रधानमन्त्री खानको राजीनामा माग

प्रधानमन्त्री खानको राजीनामा माग


  • 9.2K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    प्रधानमन्त्री खानको राजीनामा माग

    काठमाण्डौ ,६ पुस । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रमुख विपक्षी दलले राजीनामा माग गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा प्रधानमन्त्रीे खानले भ्रष्टाचार लुकाउन राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज पीएमएल(एन) ले राजीनामा माग गरेको हो ।

    images

    प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएलएनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झन योग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् ।

    शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रवर्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए। पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीप) को आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे ।

    लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । ( एजेन्सी )


    तेस्रो आँखा
    लेखकबाट थप