घोराही १२ असार /
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको बाहिरी भागमा स–साना गिर्खाहरुको सफल शल्यक्रिया भएको छ । रोल्पाकी २५ वर्षिया जानकी महराको आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यक्रिया गरीएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानकि नेत्र रोग विशेषज्ञ डा। विनिता केसी, नेत्र सहायक दिब्या थापासहितको चिकित्सकको टोलिले आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यकृया गरेको हो ।
‘आँखाको वाहीरी भागमा पलाएका स–साना गिर्खाहरु जस्ता देखिने मासुहरु अव हामिले प्रतिष्ठानमा सफलतापुर्वक अप्रेसन गर्न सुरु गरेका छौ, यस्ता खाले माइनर अप्रेसनहरु बैशाखदेखी नै हामिले सुरु गरेका छौ–नेत्र रोग विशेषज्ञ डा। विनिताले भनिन्–‘प्रतिष्ठानमा पहिलोपटक आँखाको वाहीरी छेउछाउमा पलाएको मासुको सफल अप्रेसन भएको हो ।’
