• ट्रेण्डिङ्ग :
औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न अनुरोध 

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न अनुरोध 


  • 3.4K
    SHARES
    • आषाढ १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न अनुरोध 

    काठमाडौं १४ असार /
    औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । 

    images

    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै बिक्री वितरण गर्न अनुरोध गरेका हुन् । 

    “विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरीयताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।” 

    महानिर्देशक ढकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।


    तेस्रो आँखा