• ट्रेण्डिङ्ग :
आज श्री एयरलाइन्सका सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित


  • 3.2K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    आज श्री एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौं, १७ असार । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

    images

    आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।


    तेस्रो आँखा