• ट्रेण्डिङ्ग :
धमाधम मर्न थाले दुहुना गाई
जुम्लामा पनि 'लम्पी स्किन’

जुम्लामा पनि 'लम्पी स्किन’


  • 4.4K
    SHARES
    • आषाढ १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    जुम्लामा पनि 'लम्पी स्किन’

    जुम्ला, १८ असार  । हिमाली जिल्ला भनेर चिनिने जुम्लामा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिन थालेको छ । जुम्लामा रहेका ८ स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले बताए।  प्रमुख थापाले भने, ‘जुम्लाका ८ वटै स्थानीय तहमा लम्पी स्किन रोग देखा परेको छ । सबैभन्दा बढी कनका सुन्दरीगाँउपालिका, सिंजा गाउँपालिका, तिलागाउँपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिका यो रोग देखापरेको छ ।’

    images

    पशु सेवा कार्यालयका अनुसार सिंजा गाउँपालिकामा लम्पी स्किनबाट ४ वटा गाईगोरु मरेका छन् भने २ हजार गाईगोरुमा सो रोगबाट संक्रमित भएका छन् । यस्तै कनकासुन्दरी गाउँपालिकामा लम्पी स्किन बाट १ सय १५ गाईगोरु संक्रमित देखिएका छन्।त्यसैगरी तातोपानी गाउँपालिकामा ९ हजार १ सय १०, गुठिचौर गाउँपालिकामा ३ सय ४९ गाईगोरु र २ सय ५१ चौरी लम्पी स्किनबाट संक्रमित भएका छन्। तिला गाउँपालिकामा भने लम्पी स्किनबाट ३० वटा गाईगोरु मरेको कार्यालयले जानकारी दिएको छ ।

    रोग रोकथामको लागि उपचार जारी रहेको र थप उपचारको लागि जिल्लामा रहेका सरोकारवाला सबै निकायसँग सहकार्य भइरहेको कनका सुन्दरी गाँउपालिका पशुशाखा प्रमुख लाल बहादुर रावलले बताएका छन् । लम्पी स्किन हुँदा पशु चौपायामा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखिएा छन् । वर्षाको मौसम त्यसमाथि दुहुना गाई र जोत्ने गोरु मर्न थालेपछि किसानहरु निकै चिन्तामा रहेका छन्।


    तेस्रो आँखा