लमही ६ पुस । दाङको देउखुरीमा प्रहरीले ठुलो परिणाममा लागूऔषध खैरो हिरोईन (ब्राउनसुगर) बरामद गरेको छ। ब्राउनसुगरसहित दाङ देउखुरीको अमिलियाबाट २ जनालाई पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन्।
जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले सोमबार बेलुकी १५० ग्रामभन्दा बढी ब्राउनसुगरसहित नेपालगन्जका लक्ष्मी राना र समीर अन्सारीलाई पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए ।
दाङ हुँदै राप्तीका पहाडी जिल्लामा ब्राउनसुगर निर्यात हुने भएकाले प्रहरी बिशेष निगरानी बढाएको छ।



ओमप्रकाश गुप्ता
