• ट्रेण्डिङ्ग :
तलब नपाएपछि अस्पतालका कर्मचारीले दिए धर्ना

तलब नपाएपछि अस्पतालका कर्मचारीले दिए धर्ना


  • 3.4K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    तलब नपाएपछि अस्पतालका कर्मचारीले दिए धर्ना

    चितवन, २० असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।

    images

    कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् । कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।

    कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन । बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।

    तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।


    तेस्रो आँखा