• ट्रेण्डिङ्ग :
प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने

प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने


  • 3.3K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने

    काठमाडौं, २५ असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ‌ शिशु प्रदर्शनी गर्ने भएको छ।  अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो । 
    जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि  हुने अस्पताले जनाएकोे छ।
    प्रदर्शनीमा सहभागि गराउ चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ। दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा गर्नुपर्ने हुन्छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ ।
    प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ।

    images

     

    357057306_970983350907363_1104405679631553955_n (1)


    तेस्रो आँखा