• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरमा श्रावण १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध

काठमाडौं महानगरमा श्रावण १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध


  • 2.8K
    SHARES
    • आषाढ २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    काठमाडौं महानगरमा श्रावण १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध

    काठमाडौं २६ असार /
    काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।

    images

    पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि मंगलबारदेखि प्रचासप्रसार सुरु गरिंदै छ । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान भने तोकिने भएको छ ।

    एक वर्षअघि पनि महानगरपालिकाले सूर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो । तर, त्यसको कार्यान्वयन प्रभावकारी नभएपछि कडाई गर्न लागिएको हो ।


    तेस्रो आँखा