विद्युतीय कारोबारमा कर वृद्धिको प्रस्तावपछि संसदमा हंगामा

विद्युतीय कारोबारमा कर वृद्धिको प्रस्तावपछि संसदमा हंगामा


  • 5.8K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    विद्युतीय कारोबारमा कर वृद्धिको प्रस्तावपछि  संसदमा हंगामा

    काठमाडौं, ७ पुस । विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ। प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो।

    images

    प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ। 

    प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ। 

    सरकारको निर्णयले न्यून आय भएका मानिस र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ । अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ। 

    सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। 


    तेस्रो आँखा