घरघरमै खानेपानीको धारा, दंग छन् जनता

घरघरमै खानेपानीको धारा, दंग छन् जनता


  • 3.1K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    घरघरमै खानेपानीको धारा, दंग छन् जनता

    मुगु, २९ असार । मुगुको छायाँनाथ रारा नगरपालिकामा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत घरघरमा धारा जडान गरिएको छ । हरेक घरमा शुद्ध पानी पुर्याउने लक्ष्यका साथ पालिकाले घरघरमा शुद्ध पानीसहितको धारा जडान गरिदिँदा स्थानीय खुशी छन् । खोला तथा कुवाको पानी खाइरहेका जनता अब धाराको पानी खान पाउँदा दंग छन् । एक घर एक धारा निर्माण अभियान अन्तर्गत पालिकाका २७२ घर परिवारलाई पालिका र गैरसरकारी संस्थाको समन्वयमा धारा जडान गरिएको हो ।

    images

    मुगुको छायाँनाथ रारा नगरपालिकामा खानेपानीको समस्या थियो । गाँउ टोलमा धारा थिएनन्, धारा नहुँदा कुवा तथा खोलाको पानीको उपभोग गरेका स्थानीयको अहिले घर/घरमा धारा सहितको खानेपानी आएको छ । घरघरमा खानेपानीको धारा निमार्ण भएपछि यहाँका स्थानीय दंग छन् । घण्टौ हिँडेर पानी बोक्नु पर्ने बाध्यताको अन्त्य भएपछि मुगुबासी खुसी छन् । घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको स्थानीय बताउछँन् ।

    विगतका दिनहरुमा खानेपानीको अभावमा खोलाको,कुवाको पानी खानु पर्ने बाध्यता थियो । त्यो अहिले दुर भएको छ । खोलाको पानी विभिन्न किसिमका पानीजन्यरोग बाट शिकार बनेका मुगुबासी प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएका छन ।

    छायाँनाथ रारा नगरपालिकासंगको समन्वयमा नेपाल सरकारको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पुर्याउने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो । छायाँनाथ रारा नगरपालिका यु.यस.आई.डी. कर्णाली जल परियोजनाकोे आर्थिक सहयोगमा र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेकको प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको भित्रका गाउँबस्ती कालपाल्तमा,२७ घर खामगोईटेमा २२ घर जिउलामा २९ घर गाडापालिमा ५१ घर तल्लेखमा ७० घर र मुर्मामा ७३ घर गरी २ सय ७२ घरमा एक घर एक घारा निर्माण भएका छन् ।

    छायाँनाथ रारा नगरपालिकाको २५ लाख ८८ हजार २ सय ६५ र यु.यस.आई.डी. कर्णाली जल परियोजनाकोे १ करोड ५९ लाख २४ हजार १ सय ३९ गरेर १ करोड ८५ लाख १२ हजार ४ सय लगानीमा २ सय ७० घरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छ ।


    तेस्रो आँखा