• ट्रेण्डिङ्ग :
बहराइनको कोमामा रहेका चौधरीको उद्धार

बहराइनको कोमामा रहेका चौधरीको उद्धार


  • 4.2K
    SHARES
    • आषाढ ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    बहराइनको कोमामा रहेका चौधरीको उद्धार

    दोहा, ३० असार । बहराइनको कोमामा रहेका एक नेपालीको उद्धार गरी नेपाल पठाइएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्चदेखि त्यहाँको किङ हमाद युनिभर्सिटी हस्पिटलमा उपचाररत रहेका थिए । चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा शुक्रबार कुवेत एयरवेजको उडान मार्फत बहराइनबाट नेपाल पठाइएको हो । 

    images

    उनको साथमा उक्त हस्पिटलका तर्फबाट मेडिकल इस्कोर्टिङ स्पेसलिस्ट अब्दुल्लाह आमिर साथमा नेपाल पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपालमा बोर्डमार्फत वीर अस्पतालमा थप उपचारको व्यवस्था मिलाइएको छ । उनको उपचारमा र उद्धारमा सहयोगका लागि किङ हमाद युनिभर्सिटी हस्पिटलका डाक्टर नर्स तथा नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैमा दूतावासले हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ ।


    तेस्रो आँखा