• ट्रेण्डिङ्ग :
जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी

जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी


  • 4.4K
    SHARES
    • आषाढ ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी

    जीवन नेपाली, दाङ ३० असार / जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी परेका छन् ।  जङ्गली च्याउ खादा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी एकै घरका आमा छोरा बिरामी परेका हुन् ।

    images

    च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर एक स्युजा निवासी ३८ वर्षीय यमा कुमारी कुवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी भएको वडा अध्यक्ष विष्णु कुवरले जानकारी दिए । च्याउ खाएर बिरामी परेका आमा छोरा दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचारपछि उनीहरू आज घर फर्केको अध्यक्ष कुवरले जानकारी दिए ।  

    शुक्रवार स्थानीय जङ्गलबाट सल्लेउ जातको च्याउ र अर्को नाम थाहा नभएको दुई थरी च्याउ उनीहरूले पकाएर खाएका थिए । च्याउ खाएपछि एकाएक पेट दुख्ने, बान्ता हुने रिँगटा लागेर बेहोस नै भएको वडा अध्यक्ष कुवरले जानकारी दिए ।


    तेस्रो आँखा