• ट्रेण्डिङ्ग :
नेपालमा डेंगी संक्रमितको संख्या तीन हजार नजिक

नेपालमा डेंगी संक्रमितको संख्या तीन हजार नजिक


  • 2.9K
    SHARES
    • श्रावण १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    नेपालमा डेंगी संक्रमितको संख्या तीन हजार नजिक

    काठमाडौं १ साउन /
    सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकानुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको छ ।

    images

    यो अवधिमा ६६ जिल्लामा डेंगी देखिएको छ । सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् । धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् । गत वर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ–आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालले बताए ।

    सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो । त्यति बेला डेंगीका कारण ८८ जनाको मृत्यु भएको थियो । त्यो संख्या नेपालमा डेंगी सुरु ९सन् २००४० भएयताकै सबैभन्दा बढी हो ।
    २०२२ मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।


    तेस्रो आँखा