• ट्रेण्डिङ्ग :
बिशालु च्याउ खाँदा गढवामा श्रीमान-श्रीमती विरामी 

बिशालु च्याउ खाँदा गढवामा श्रीमान-श्रीमती विरामी 


  • 18.3K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 28.1K Views

    बिशालु च्याउ खाँदा गढवामा श्रीमान-श्रीमती विरामी 

    आलोक भावुक, गढवा २ साउन / जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन् । मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिए ।

    images

    विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उनकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको प्रमुख यादवले बताए । बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो ।

    विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा भैरहेको र हाल सम्म स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।


    तेस्रो आँखा