काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले अवरोध गरेका छन् । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएका छन् ।
स्थानीयवासले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएका छैनन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले आज पनि अवरोध कायमै रहेको बताए । उनले सहरी विकास मन्त्रालयले समस्याको निकासका लागि सर्वदीय छलफल बोलाएको जानकारी दिए । “सहरी विकास मन्त्रालयले आज सर्वदलीय छलफलका लागि बोलाएको छ । उक्त छलफलमा सहमति जुटेको खण्डमा अवरोध हट्नेछ,” अध्यक्ष तामाङले बाह्रखरीसँग भने । उनका अनुसार बिहान ११ बजे बैठक बस्दै छ ।
