गाउँ पस्यो बाघ, नियन्त्रणमा लिई निकुञ्जमा पु¥याइयो

गाउँ पस्यो बाघ, नियन्त्रणमा लिई निकुञ्जमा पु¥याइयो


  • 2.8K
    SHARES
    • श्रावण ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    गाउँ पस्यो बाघ, नियन्त्रणमा लिई निकुञ्जमा पु¥याइयो

    चितवन, ४ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ । निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो । 

    images

    अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो । सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो । त्यसपश्चात् निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।


    तेस्रो आँखा