• ट्रेण्डिङ्ग :
दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ


महिलाको चित्कार सुनेपछि सर्वसाधारणले प्रहरीलाई सूचना दिएका थिए

  • 5.2K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.0K Views

    दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

    दाङ,  ५ साउन ।  तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियाे। प्रहरीकाअनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका- ७ का २० वर्षीय रेशम विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी पुष्पराज मल्लले जानकारी दिए। 

    बसभित्र महिलाको चित्कार सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए। लगत्तै खटिएका प्रहरीले वृद्धामाथि पालैपालो बलात्कार गरिरहेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।


    तेस्रो आँखा