एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र श्रीलंका भिड्दै

एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र श्रीलंका भिड्दै


  • 7.6K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं, ८ पुस । बंगलादेशमा बिहीबार (आज )देखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्ने भएको छ। 

    images

    बंगलादेशको राजधानी ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ। अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ। 

    महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ।

    प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।