• ट्रेण्डिङ्ग :
देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार बढी 

देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार बढी 


  • 2.8K
    SHARES
    • श्रावण ७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार बढी 

    काठमाडौं ७ साउन / नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो ।  

    images

    महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१  जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ ।  यस्तै, धादिङमा २५८,  दार्चुलामा १८८,  कास्कीमा १४९,  सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९  भक्तपुरमा ३५, म्याग्दीमा ३२,  झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।

    २०७९ सालमा वैशाख महिनादेखि डेंगु रोगका बिरामीहरूको सङ्ख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरू सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरूमा डेंगु प्रकोपको रूपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका थिए । यस्तै ८ जनाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा