• ट्रेण्डिङ्ग :
राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने

राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने


  • 8.5K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने

    काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले पुनर्कर्जामार्फत ५२ अर्ब नेपाली रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ। 

    images

    बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए। 

    ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थामा पठाइसक्छौं’, उनले भने, ‘यसबाट अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधान गर्न केही हल गर्छ।’

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा पुनर्कर्जा उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउनेछन्।


    तेस्रो आँखा