आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम

आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम


  • 3.8K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम

    काठमाडौँ, ११ साउन । आइसिएफसी फाइनान्सले ‘मेहेन्दीको महिना’, र ‘सद्भावले लगाऔं’ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङ जस्तै सम्बन्धहरूलाई गाढा र रंगिन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम गरेको जनाएको छ।

    images

    फाइनान्सले देशैभरि रहेका विभिन्न २१ वटा शाखाहरूमा उक्त कार्यक्रम सम्पन्न गरेको छ। सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहकलगायत अन्य महिला दिदीबहिनीहरूको उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ।


    तेस्रो आँखा