• ट्रेण्डिङ्ग :
अवैध रूपमा क्लिनिक चलाउने चार जना सञ्चालन पक्राउ

अवैध रूपमा क्लिनिक चलाउने चार जना सञ्चालन पक्राउ


  • 3.0K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    अवैध रूपमा क्लिनिक चलाउने चार जना सञ्चालन पक्राउ

    दाङ १२ साउन/ धनगढीमा अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन् । बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका-२ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए ।

    उनकाअनुसार वडा नम्बर ३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ । उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा