• ट्रेण्डिङ्ग :
डेंगीका संक्रमित सबैभन्दा धेरै सुनसरीमा 

डेंगीका संक्रमित सबैभन्दा धेरै सुनसरीमा 


  • 3.0K
    SHARES
    • श्रावण १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    डेंगीका संक्रमित सबैभन्दा धेरै सुनसरीमा 

    विराटनगर, १३ साउन । सुनसरी जिल्लालाई पछिल्लो एक महिनाको अवधिमा डेंगी रोगले गाँजेको पाइएको छ । असारदेखि साउन दोस्रो सातासम्म आइपुग्दा यहाँ ह्वात्तै संक्रमण बढेको तथ्यांक छ । खासगरी सुनसरीको धरान उपमहानगरपालिका विगतजस्तै डेंगी रोगको ‘हटस्पट’ बन्न पुगेको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार समग्र कोसी प्रदेशका संक्रमितमध्ये सुनसरीका धेरै छन् ।

    images

    पछिल्लो सात महिनाको तथ्यांक हेर्दा पुस र माघमा फाट्टफुट्ट मात्र डेंगी रोगी फेलापर्ने गरेका थिए । असार र साउनमा यो संख्या ह्वात्तै बढेको छ । सुनसरीमा मात्र दुई हजार ५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । कोसी प्रदेशको समग्र तथ्यांक हेर्दा यो अवधिमा दुई हजार ९७१ जनामा डेंगी देखिएको छ । देशभर संक्रमण पुष्टि हुनेको संख्या चार हजार ६१९ छ ।

    कोसीमा संखुवासभा र झापा समेत धेरै संक्रमित भएको जिल्लाको सूचीमा छन् । धरानमा दैनिक संक्रमित थपिने क्रम अझ बढेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सञ्चालन गरेको डेंगी क्लिनिकमा हालसम्म एक हजार ६१६ जनाको रगत परीक्षण गरिएको छ । तीमध्ये एक हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    रोगको संक्रमण अरू बढ्न सक्ने भन्दै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सचेतना अपनाउन नगरवासीमा अपिल गरेको छ । उपमहानगरले डेंगी फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई गति दिइएको जनाएको छ ।


    तेस्रो आँखा