आजबाट प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

आजबाट प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध


  • 2.7K
    SHARES
    • श्रावण १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    आजबाट प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

    काठमाडौं, १४ साउन । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।

    images

    त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाइने छ । महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।

    यसअभि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो ।

    नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।


    तेस्रो आँखा