दाङ १५ साउन / दाङका २८ हजार ६ सय ७३ पशुमा लम्पी स्किन संक्रमण भएको छ । २६ हजार आठ सय ७५ गाई गोरु र एक हजार सात सय ९८ भैसी लम्पी स्किनबाट संक्रमित भएकोमा सात सय १६ गाई गोरु र आठवटा भैसी गरी सात सय २४ वटा मरेका छन् । घोराहीमा १० गाई गोरु र आठ भैंसी, तुलसीपुरमा नौ, शान्तिनगरमा ६० गाई गोरु लम्पपी स्किनकै कारण मरेका छन् ।
दंगीशरणमा २५, राप्तीमा ४९, बंगलाचुलीमा १८ गाई गोरु मरेका छन् । त्यसैगरी लमहीमा २५, बबईमा एक सय ५०, गढवामा एक सय र राजपुरमा एक सय २० गाई गोरु मरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ८४ हजार छ सय ११ पशु लम्पी स्किन संक्रमणबाट जोखिमपूर्ण अवस्थामा रहेको लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लुम्बिनीमा तीन हजार पाँच सय ८५ पशु संक्रमणबाट मरेका छन् ।
