• ट्रेण्डिङ्ग :
आज कुन नदी तथा खोलामा बाढीको जोखिम छ ?

आज कुन नदी तथा खोलामा बाढीको जोखिम छ ?


  • 3.7K
    SHARES
    • श्रावण १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    आज कुन नदी तथा खोलामा बाढीको जोखिम छ  ?

    काठमाडौं,  १८ साउन। देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ । संखुवासभा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा गएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, रोल्पा, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

    images

    यसैबीच, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहनेछ । तर, यी नदीमा जलस्तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 


    तेस्रो आँखा