काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन यहि पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुदैछ । कुनै तामझाम नगरि कुनै दलका नेताहरुलाई आमन्त्रण नगरि आयोजना गरिएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । पदाधिकारीका नेतृत्व परिवर्तन भएपनि अध्यक्ष पुष्पकमल दाहालनै आउने लगभग पक्का छ । पार्टीमा रहेका केहि शीर्ष नेताहरु बाबुराम भट्टाई, मोहन वैद्य, राम बहादुर थापा, नेत्र विक्रम चन्द पार्टीबाट बाहिरएपछि निर्विकल्प भएका अध्यक्ष दाहाल फेरी पार्टीको बागढोर सम्हाल्ने निश्चीत बनेको छ ।
अहिले उनको विकल्पमा कुनै नेता उभिने देखिदै यसो हो भने, नेपाली राजनीतिक दलमा सबै भन्दा लामो समय पार्टीको नेतृत्व गरेका नेताका रुपमा दाहाल हुने निश्चीत छ । करिब ३० बर्ष पार्टीको नेतृत्व सम्हालेका दाहाल फेरी अध्यक्ष भएर आउँदा अझै एक दशक उनै नेतृत्वमा माओवादी केन्द्र जाने निश्चीत छ । तेस्रो आँखा टिमले माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलन, एजेण्डा र पार्टीमा उठ्न सक्ने पुस्तान्तरणको विषय कति कार्यान्वयन हुन सक्छ भनि राजनीतिक विश्लेषक तथा मधेश राजनीतिका जानकार जेपी गुप्तासंग कुरा गरेका छौं । उनिसंग गरिएको कुराकानीको सम्पादित अंशः
नेकपा माओवादी केन्द्रले यहि पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलनको आयोजना गरेको । पछिल्लो समय राजनीतिकदलमा निकै वहशको रुपमा लिएको पार्टीमा पुस्तान्तरणको विषयले प्रवेश पाउला ?
पछिल्लो समय राजनीतिक दलमा निकै लोकप्रिय र मतदातालाई आकर्षण गर्ने ‘थेगो’ बनेको पुस्तान्तरणको विषयले राष्ट्रिय सम्मेलनमा प्रवेश नपाउने भन्ने त कुनै हुदैन नि ।
तर, अहिलेनै माओवादी केन्द्रमा नेतृत्वमा पुस्तान्तरणको विषय सार्थक देखिदैन । किन भन्नुहुन्छ भनेः भरखरै माओवादी केन्द्र नेकपा एमालेबाट अलग भएको छ । केहि समय अघि मात्रै माओवादी र एमाले एउटा कम्युनिष्ट घटक थिए । तर, सर्वाेच्चको फैसला पछि उनिहरुलाई अलग गरायो ।
एमालेमै बस्न रुचाउनेहरु अहिले माओवादी परित्याग गरेर एमालेमा छन् भने, माओवादी संसदमा तेस्रो पार्टीका रुपमा खुम्चिन पुगेको छ । यस्तो अबस्थामा पार्टीलाई एक ढिक्का बनाउन प्रचण्ड बाहेकको नेतृत्व माओवादीलाई ठुलो चुनौति हो ।
तपाईले यसो भनिरहदा अहिले नेपाली राजनीतिमा पुस्तान्तरणको ठुलो वहश छ । आम कार्यकर्ताले नेतृत्व परिवर्तन चाहान्छ । फेरी प्रचण्ड जीले पार्टीको बागढोर सम्हालेको पनि ३ दशक भइसक्यो । अब पनि आफै नेतृत्वमा आउँछु भन्नु कति उपयुक्त हुन्छ ? पार्टीको आगामी रणनीति के हुने भन्ने विषय त उहाँले बाहिर बसेर पनि मार्ग गर्नसक्नु हुन्छ ? होइन ?
हजुरले भनेको कुरामा कुनै असत्यता छैन तर, पार्टीमा प्रचण्डको विकल्प खेल्नु भएको छ ? अध्यक्ष दाहालले यदि यस्तो कोहि विकल्प छ, भने आऊ भन्नुभाको छ, तर उहाँलाई थाहा छ, कि अहिले पार्टीमा आफ्नो विकल्प छैन । त्यो भ्रम उहाँले हटाउनु पर्छ किन कि उहाँले आफ्नो विकल्पकालागि नेता आफै बनाउनुपर्छ ।
अहिले अध्यक्ष दाहाललाई पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्ने जिम्मेवारी र चुनौति दुबै छ । पार्टीमा चुनौति दिने डा.बाबुराम, विप्लप, किरण जस्ता नेताहरु पाखा लाग्नुभयो । उहाँको विकल्पमा पोष्ट बहादुर बोगटी थिए, अब अहिले उहाँहरु कोही हुनुहुन्न । यो कुरा अध्यक्ष दाहाललाई थाहा छ । पछिल्लो समय नेता कृष्ण महरालाई फेरी पार्टीमा ल्याइएको छ तर, उहाँ प्रचण्डको विकल्प भन्न मिल्दैन । प्रचण्डको आडमा माओवादी सङ्गठन चलेको छ ।
वास्तवमा भन्ने हो भने । मैले यसो भन्दै गर्दा पार्टीमा पुस्तान्तरणको वहश आवश्यकता छैन भन्न खोजेको होइन । तर, अहिलेसम्म के देखिएको छ भने, प्रचण्ड विना माओवादी सङगठित हुदैँन । अब जहाँ सम्म प्रदेशको अधिवेशनको चुनावको गुटको कुरा छ, यो अन्य पार्टी जस्तो होइन । जस्तो कि..कांगे्रसको जस्तो काक्रो चिरा पारेको जस्तो चिरा परेको छैन, यो सामान्य हो । नेतृत्वको रहर सबैलाई हुन्छ ।
तत्कालिन माओवादी पहिलो संविधानसभामा पहिलो पार्टी बन्यो, दोस्रोमा दोस्रो, त्यसपछिका कुनैपछि चुनावमा आफ्नो त्यो शाख जोगाउन सकेन । के पार्टी सांगठनिक रुपमा कमजोर भएको हो ?
यसो छ, खासमा नेपालका नेतामा सत्ता र शक्तीको धेरै मोह छ । जहाँ सत्ता पाइन्छ, जहाँ शक्तीमा बस्न पाइन्छ त्यहाँ आफ्नो हैसियत हुन्छ भन्ने कुरा पछिल्लो वादल जी बाटपनि धेरैले बुझि सकेनी । यहाँ अध्यक्षको मात्रै समस्या भन्न मिल्दैन किन कि..कोहि बिचार नमिलेर बाहिरिए, कोहि पदकालागि बाहिरिए भने कोहि, नेतृत्व क्षमता नभइ बाहिरिए । तर माओवादीले आसन्न राष्ट्रिय सम्मेलनबाट नीतिगत सुधार राम्रो गर्न सकेन भने, ठुलो चुनौतिको सामना गर्नु पर्ने छ ।
माओवादी केन्द्रलाई अबको नेतृत्वबाट पार्टीलाई एउटा उचाईमा पुर्याउनु पर्ने अबस्था छ । के अबको नेतृत्वले त्यो चुनौति थेग्न सक्छ ?
मैले अघि त्यहि कुरालाई जोड दिइरहेको छु । माओवादी केन्द्रका लागि प्रचण्डको नेतृत्व आजको आबश्यकता छ । पार्टीलाई एउटा लयमा पुर्याएका प्रचण्डले उनै फेरी लयमा ल्याउछन् भन्ने हो । माओवादी केन्द्रभित्रको चुनौतिको सामान गर्न सक्ने नेताहरुमा आट देख्निन । नेता नारायणकाजी श्रेष्ठले केही कुरामा असहमति राख्छन् तर उनी सुरु देखिनै सानो गुट बनाएर हिडेका मान्छे हुन्, प्रचण्डको विकल्प होइनन् त्यो समुह माओवादीमा समाहित भएदेखि प्रचण्डबाट धेरै लाभ लिएको समुह एउटा त्यो पनि हो ।
गिरिराजमणी पोखरेल पनि निरन्तर सत्तामा रहेका व्यक्ति हुन् । नारायणकाजीले पनि जति महत्वकांक्षा बोकेर आएका थिए, त्यो भन्दा बढी फाइदा लिएका छन् । त्यो सबै प्रचण्डको कारण हो । अहिले पार्टी प्रवक्ताका रुपमा महरा छन् उनलाई पनि प्रचण्डकै कृपा चाहिने हो । बाँकी मात्रिका यादव, जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले पनि प्रचण्डको नेतृत्व अब धेरै भयो भनेर विकल्प खोज्ने देखिदैँन । यदि प्रचण्डले नै चाहेमा नेतृत्व परिवर्तन हुनसक्छ भने सक्छ ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट अवलम्बन गर्न सक्ने नीति र भावि कार्ययोजना कस्तो रहला ?
माओवादीमा नेतृत्व हस्तान्तरण भन्दा पनि माओवादीले २०६२÷०६३ यता सबैभन्दा बढी विखण्डन बेहोरेको देखिन्छ । जस्तो दुई पटक मात्रिकाले माओवादी छोडेसंगै, विप्लपले पनि छोडे, बाबुरामले पनि पार्टी त्यागे ।
आफ्नो विषयमा सामाजिक रुपान्तरण राज्य पुनरसंरचनामा खरो रुपमा उत्रिन सकेन । मेलमिलाप सम्बन्धी कानुुन पनि बनाउँन सकेन । त्यो बनाउन सकेको भए पनि त्यसले गम्भीर मुद्दा बाट छुटकारा पाउन सक्थे । यी चै माओवादी पार्टीका अहम चुनौति रहेका छन् ।
भन्न हुने र नहुने अर्को विषय के,हो भने नेपालका सबै कम्युनिष्ट पार्टी शोभियत रुपमा विगठन पछि चाईनासँग सुमधुर सम्बन्ध राख्न चाहेका छन् यो पनि एउटा चुनौति हो । यसरी हेर्दा अब यस्ता चुनौतिलाई दोस्रो पुस्ताले आएर अगाडी बढाउँछन् भन्ने पनि हुन्न यसरी हेर्दा प्रचण्डलाई पुस्तान्तरणको चुनौति भन्दा पनि अन्य चुनौति बढी देखिन्छ ।
दोस्रो पुस्ताले यसलाई बुझ्न अहिले प्रचण्ड नहुने जस्तो देखिए पनि अन्ततः हुने भनेको प्रचण्ड नै हो । तर, माओवादीको संगठन भने अहिले अस्तव्यस्त छन् । संगठनमा एकता बद्द भएर जाने बहस छ ।
